अन्न निर्यात सम्झौता समाप्त भएको रुसको घोषणा

काठमाडौं, २ साउन : रुसले ब्ल्याक सीहुँदै अन्न निर्यात गर्ने सम्झौता समाप्त भएको घोषणा गरेको छ । गएरातिदेखि समाप्त हुने सम्झौतालाई क्रेमलिनले हिजो नै म्याद समाप्त भएको बताएको हो । रुसले लामो समयदेखि युक्रेनमा आक्रमण गर्दै आएको छ ।

आफूले अघि सारेका सर्तहरू पूरा भएमा पुनः सम्झौतामा फर्कनसक्ने पनि रुसले स्पष्ट गरेको छ । यो घोषणापछि रुसले टर्की, युक्रेन र संयुक्त राष्ट्र सङ्घलाई सम्झौताको म्यादबारे जानकारी पठाएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । संयुक्त राष्ट्रसङ्घ र टर्कीको मध्यस्थतामा भएको यो सम्झौता राम्ररी कार्यान्वयन नभएको आरोप लगाउँदै रुसले त्यसलाई पालना नगर्ने बताएको समाचार संस्था एएफपीले जनाएको छ ।

क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले रूसी पक्षसम्बन्धी सम्झौताका बुँदा पूरा हुने बित्तिकै त्यसमा फर्किन सक्ने बताउनुभएको छ । अन्न सम्झौताबाट बाहिरिने रुसको घोषणालाई अमेरिकाले क्रुर निर्णयको संज्ञा दिएको छ ।

संयुक्त राष्ट्र सङ्घका लागि अमेरिकी राजदूत लिन्डा थोमस ग्रीनफिल्डले राष्ट्रसङ्घीय मुख्यालय न्युयोर्कमा मस्कोले मानवतालाई बन्धक बनाएको आरोप लगाउनुभएको छ । जर्मनीले सम्झौताको म्याद लम्ब्याउन रुससँग आग्रह गरेको छ ।

संबन्धित शिर्षकहरु

गर्मी बढ्दै, केही ठाउँमा पानी पर्ने सम्भावना

इरानसँग हतारमा सम्झौता नगर्न वार्ताकारहरुलाई ट्रम्पको निर्देशन

भारतमा अत्यधिक गर्मीका कारण १६ जनाको ज्यान गयो, तापक्रम ४६ डिग्रीभन्दा माथि