कांग्रेस केन्द्रीय समिति बैठक बस्दै : आज बाँकी सदस्यले धारणा राख्ने

काठमाडौं, ७ साउन :

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आइतबार पनि बस्दैछ ।

गत मंगलबार सुरु भएको बैठक शनिबार एक दिनको लागि स्थगित गरिएको थियो । पार्टी केन्द्रिय कार्यालय सानेपामा आइतबार बिहान ११ बजेदेखि बैठक सुरु हुनेछ ।

केन्द्रिय समितिको आइतबारको बैठकमा बोल्न बाँकी केन्द्रीय सदस्यहरुले आ–आफ्नो धारणा राख्ने छन् ।

यसअघि धारणा राखेका नेताहरूले पार्टीभित्र गुट मौलाएको भन्दै चिन्ता प्रकट गरेका थिए । जारी बैठकमा सभापति शेर बहादुर देउवा र महामन्त्री गगन थापा पक्षबिच लगातार कटाक्ष चलिरहेको छ ।

शेखर कोइराला समुह भने अलमलमा परेको देखिन्छ ।

 

संबन्धित शिर्षकहरु

आज पनि सुनको भाउ घट्यो

पर्सि देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना : बढ्दो गर्मीबाट केही राहत पुग्ने

इबोला भाइरसविरुद्धको खोप विकास गरेको रुसको दाबी