फौजी किरा नियन्त्रणका लागि किसानलाई निःशुल्क विषादी

चितवन २४ जेठ :

चितवनको इच्छाकामना गाउँपालिकाले मकैबालीमा फौजी किराको प्रकोप बढ्दै गएपछि नियन्त्रणका लागि किसानलाई निःशुल्क विषादी वितरण गरेको छ । गाउँपालिकाभित्रका ४०० किसानलाई करिब ६०० बोतल विषादी वितरण गरिएको हो । गाउँपालिकाका कृषि शाखा प्रमुख आनन्दराज घिमिरेले प्रकोप बढ्दै गएपछि नियन्त्रणका लागि किरा मार्ने विषादी नै आवश्यक हुने भएकाले किसानलाई निःशुल्क वितरण गरिएको बताउनुभयो ।

गत वर्ष फाट्टफुट्टरुपमा देखिएको फौजी किरा यस वर्ष भने अत्यधिक बढेको उहाँले बताउनुभयो । गाउँपालिकाभर ५० बिघाभन्दा बढी मकैबालीमा यसको प्रकोप देखापरेको उहाँको भनाइ छ । अहिले किसानलाई फौजी किराबारे जानकारी गराउने र नियन्त्रणका उपाय सिकाउने काम गरिरहेको उहाँले बताउनुभयो । गर्मी भेगमा बढी सक्रिय हुने फौजी किरा यसपटक माथिल्लो पहाडी भेगमा पनि देखिन थालेको उहाँले बताउनुभयो । गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङले आवश्यकताअनुसार किसानलाई थप निःशुल्क विषादी उपलब्ध गराउने जानकारी दिनुभयो ।  (रासस)

संबन्धित शिर्षकहरु

आज सुनचाँदीको भाउ बढ्यो

वर्षा, हावाहुरी र चट्याङको जोखिम रहेकाले सावधानी अपनाउन प्राधिकरणको आग्रह

शान्ति प्रक्रियामा महिलाको अर्थपूर्ण सहभागिता अनिवार्यः संयुक्त राष्ट्रसंघ महासचिव गुटेरेस