नेकपा एकीकृत समाजवादीले बोलायो बैठक

काठमाडौं, ९ साउन : नेकपा एकीकृत समाजवादी (नेकपा एस) ले पार्टीको केन्द्रीय कमिटी बैठक बोलाएको छ । यही साउन २० र २१ गते बोलाइएको बैठकले पार्टीको महाधिवेशनको मिति र स्थान तय गर्ने सो पार्टीका एक नेताले जानकारी दिए ।

नेकपा एसले आगामी माघ महिनामा पार्टीको महाधिवेशन सम्पन्न गरी देशभर संगठनलाई थप विस्तार गर्ने तयारी गरेको छ । बैठकले पार्टीलाई आधारभूत तहसम्म स्थापित गर्न आवश्यक कार्ययोजना तथा रणनीति तयार गर्नेछ । केन्द्रीय कमिटी बैठक अघि साउन १८ र १९ गते बस्ने पोलिट्ब्यूरो बैठकले पार्टीका सबै जनवर्गीय संगठनको कार्यसम्पादनको समीक्षा गर्ने बताइएको छ ।

पोलिट्व्यूरोअघि साउन १६ र १७ गते पार्टीको स्थायी कमिटीको बैठक बस्ने छ । साउन १५ गते बस्ने सचिवालय बैठकले स्थायी कमिटी,पोलिट्ब्यूरो र केन्द्रीय कमिटीको प्रस्ताव तयार पार्नेछ

संबन्धित शिर्षकहरु

आज पनि सुनको भाउ घट्यो

पर्सि देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना : बढ्दो गर्मीबाट केही राहत पुग्ने

इबोला भाइरसविरुद्धको खोप विकास गरेको रुसको दाबी