प्रतिनिधिसभा बैठक आज बस्दै

काठमाडौं, १५ साउन :  

संघीय संसद् भवन, नयाँ बानेश्वरमा प्रतिनिधिसभा बैठक सोमबार दिउँसो १ बजे बस्दैछ ।

संसद सचिवालयले जारी गरेको कार्यसूची अनुसार सामकारकोे बैठकमा सभामुख देवराज घिमिरेले एमाले सांसद टोपबहादुर रायमाझीको पद निलम्बन गरिएको जानकारी गराउनु हुनेछ ।

यस्तै, बेपत्ता पारिएका ब्यक्तिको छानविन आयोग र सत्यनिरुपण मेलमिलाप आयोगको म्याद थप सबन्धि प्रस्ताव पेश गर्ने कार्यक्रम रहेको छ भने राष्ट्रियसभाबाट उत्पत्ति भएको नेपाल विश्वबिद्यालय विधेयक २०८० लाई समितिमा छलफलका लागि पठाउने प्रस्ताव पेश गरिेने भएको छ ।

यसैगरी, राष्ट्रपति कार्यालय र प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सबन्धी पत्रको ब्योहोरा पढेर सुनाउने कार्यसूचि पनि रहेको छ ।

 

संबन्धित शिर्षकहरु

आज पनि सुनको भाउ घट्यो

पर्सि देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना : बढ्दो गर्मीबाट केही राहत पुग्ने

इबोला भाइरसविरुद्धको खोप विकास गरेको रुसको दाबी