वरिष्ठतम न्यायाधीश श्रेष्ठलाई प्रधानन्यायाधीशमा नियुक्तिका लागि सिफारिस

काठमाडौं, १८ साउन : 

संवैधानिक परिषद्को आज बसेको बैठकले सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठलाई प्रधानन्यायाधीश पदमा नियुक्तिका लागि सिफारिस गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको संवैधानिक परिषद्को बैठकले शनिबारदेखि रिक्त हुने प्रधानन्यायाधीश पदमा नियुक्तिका लागि सर्वोच्चका न्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठलाई सिफारिस गरेको बैठकपछि राष्ट्रियसभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले जानकारी दिनुभयो ।

यस्तै, बैठकले महालेखा परीक्षक, निर्वाचन आयुक्त, प्राकृतिक श्रोत तथा वित्तीय आयोग र मुस्लिम आयोगका सदस्य नियुक्तिको प्रक्रिया अगाडि बढाउने पनि निर्णय गरेको छ ।

रिक्त रहेका ती संवैधानिक पदहरूका लागि इच्छुक हरुले आवेदन दिनका लागि १५ दिने सूचना दिनुपर्ने कानूनी व्यवस्था अनुसार सूचना सार्वजनिक गर्ने निर्णय बैठकले गरेको अध्यक्ष तिमिल्सिनाले बताउनुभयो ।

 

संबन्धित शिर्षकहरु

युक्रेनको किएभमा थप आक्रमण गर्ने रूसको चेतावनी

महिला च्याम्पिनसिपमा नेपालले आज भुटानसँग खेल्दै

गर्मी बढ्दै, केही ठाउँमा पानी पर्ने सम्भावना