महिला विश्व कप फुटबल : दक्षिण अफ्रिकालाई हराउँदै नेदरल्यान्ड्स क्वाटरफाइनलमा

काठमाडौं, २१ साउन : 

फिफा महिला विश्व कप फुटबलमा दक्षिण अफ्रिकालाई हराउँदै नेदरल्यान्ड्स क्वाटरफाइनलमा पुगेको छ । आज बिहान अष्ट्रेलियाको एलियान्ज स्टेडियममा भएको खेलमा नेदरल्यान्ड्सले दक्षिण अफ्रिकालाई २–० गोलले हरायो ।

नेदरल्यान्ड्सका जिल रुड र लिन्थ बियन्सटेनले गोल गरिन्।

न्युजिल्यान्ड र अष्ट्रेलियाले संयुक्त रुपमा आयोजना गरेको यो प्रतियोगिता अगस्ट २० तारिखसम्म चल्नेछ ।

 

संबन्धित शिर्षकहरु

भूकम्पपछि भेनेजुएलामा मानवीय सङ्कट गहिरिँदै गएको राष्ट्रसंघको भनाइ

अल्जेरियालाई हराउँदै स्विट्जरल्यान्ड विश्वकपको अन्तिम १६ मा

क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा