महिला विश्वकप फुटबल : अस्ट्रेलियाद्धारा डेनमार्क २–० ले पराजित

काठमाडौं, २२ साउन :

डेनमार्कलाई हराउँदै अस्ट्रेलिया फिफा महिला विश्वकप फुटबलको क्वाटरफाइनलमा पुगेको छ ।

आज सोमवार स्टेडियम अस्ट्रेलियामा भएको खेलमा घरेलु टोलीले डेनमार्कलाई २–० गोलले हराउँदै क्वाटरफाइनलमा पुगेको हो । अस्ट्रेलियाका लागि क्याटलिन फोर्डले खेलको २९ औँ र हेली रसोले ७० औँ मिनेटमा गोल गरिन् ।

अब अस्ट्रेलियाले फ्रान्स र मोरक्कोबीचको विजेतासँग अगस्ट १२ मा खेल्नेछ । फ्रान्स र मोरक्कोबीचको खेल भोलि मङ्गलवार हुँदैछ ।

 

संबन्धित शिर्षकहरु

आज पनि सुनको भाउ घट्यो

पर्सि देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना : बढ्दो गर्मीबाट केही राहत पुग्ने

इबोला भाइरसविरुद्धको खोप विकास गरेको रुसको दाबी