काठमाडौं, २४ साउन : २९औँ विश्व आदिवासी दिवस बुधबार नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । “आफूले निर्धारण गरे अनुरुपको परविर्तनको संवाहक आदिवासी युवाहरू भन्ने नाराका साथ यो दिवस मनाउन लागिएको हो ।
आदिवासी युवाको सक्रियता र सशक्तीकरणमा यस वर्ष विशेष जोड दिइएको छ । नेपाल आदिवासी जनजाति महासंघले बुधबार दिउँसो नेपाल प्रज्ञा–प्रतिष्ठानमा कार्यक्रम आयोजना गरेको छ ।
राष्ट्रसंघको साधारणसभाले सन् १९९४ डिसेम्बर २३ को दिन अगस्ट ९ तारिखलाई विश्व आदिवासी दिवसका रूपमा मनाउने निर्णय गरेको थियो । त्यस यता हरेक वर्ष विश्व आदिवासी दिवस मनाउने गरिएको छ ।
यस दिवसको अवसरमा कोशी प्रदेश सरकारले भने आज प्रदेशभर सार्वजनिक विदा दिएको छ ।





