भोलिदेखि केही दिन मनसुन थप सक्रिय हुने

काठमाडौं, २६ साउन : 

भोलिदेखि केही दिन मनसुन थप सक्रिय हुने मौसमविद्को अनुमान छ । यसले गर्दा भोलि बेलुकापछि केही ठाउँमा अति ठूलो पानी पर्ने सम्भावना रहेको छ ।

मौसमविद् राजु प्रधानाङ्गका अनुसार मनसुनको न्यून चापीय रेखा नेपाल नजिकै छ । यसका साथै भारतको बिहारको उत्तर पश्चिम क्षेत्र तथा आसपासमा रहेको न्यून चापीय प्रणालीको प्रभावसमेत परेको छ ।

भोलिदेखि थप सक्रिय हुने सम्भावना रहेकाले बाढी पहिरोको जोखिम बढेको उहाँले बताउनुभयो । गएको सोमवार राति र मङ्गलवार देशका धेरै ठाउँमा ठूलो वर्षा भएको थियो । यसले ठाउँठाउँमा बाढी पहिरो गएको छ भने केही ठाउँमा डुबानसमेत भएको थियो । सोमवारदेखि नै देशभरको मौसम आंशिकदेखि सामान्य बदली भएको छ।

यस्तै, धेरै ठाउँमा हल्कादेखि मध्यम तथा केही ठाउँमा ठूलो वर्षा भइरहेको छ । आज पनि गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकरदुई ठाउँमा ठूलो पानी पर्ने मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिनुभयो । अझै केही दिन वर्षाको सम्भावना रहेकाले बाढी पहिरो तथा डुबान हुने ठाउँका बासिन्दालाई सतर्कता अपनाउन मौसमविद्को आग्रह छ।

 

संबन्धित शिर्षकहरु

भूकम्पपछि भेनेजुएलामा मानवीय सङ्कट गहिरिँदै गएको राष्ट्रसंघको भनाइ

अल्जेरियालाई हराउँदै स्विट्जरल्यान्ड विश्वकपको अन्तिम १६ मा

क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा