एएफसी कप छनौट अन्तर्गत मच्छिन्द्र क्लबले आज भारतको मोहन वगानसँग खेल्दै

काठमाडौं, ३१ साउन : एएफसी कप छनोट फुटबल खेलमा बुधबार मछिन्द्र फुटबल क्लबले भारतको मोहन बगान सुपर जायन्टविरुद्ध खेल्ने भएको छ । भारतको कोलकत्तामा हुने खेल नेपाली समय अनुसार बेलुका सवा ७ बजेबाट सुरु हुनेछ ।

कोलकाताको साल्ट लेक रंगशालामा हुने खेलमा जित हात पार्दै दुवै टोली एएफसी कप छनोट प्लेअफमा स्थान बनाउने तयारीमा छन् । काठमाडौंमा भएको पहिलो चरणको खेलमा मच्छिन्द्रले भुटानको पारो एफसीलाई ३–२ गोल अन्तरले पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेको थियो । मोहन बगान भने सिधै दोस्रो चरणमा पुगेको हो ।

मछिन्द्रका लागि पहिलो खेल गुमाएका विदेशि खेलाडी मेसुके यस खेलमा खेल्ने भएका छन् ।

संबन्धित शिर्षकहरु

भूकम्पपछि भेनेजुएलामा मानवीय सङ्कट गहिरिँदै गएको राष्ट्रसंघको भनाइ

अल्जेरियालाई हराउँदै स्विट्जरल्यान्ड विश्वकपको अन्तिम १६ मा

क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा