सिरियामा कर्मचारीको तलब शतप्रतिशत बढाउन राष्ट्रपतिको निर्देशन

काठमाडौं, ३२ साउन : सिरियाका राष्ट्रपति बसर अल असदले कर्मचारीको तलब शतप्रतिशत बढाउन निर्देशन दिनुभएको छ । सरकारले इन्धनको मूल्य उच्च अङ्कले बढाएपछि मासिक तलब पनि बढाउन राष्ट्रपतिले आदेश दिनुभएको हो ।

सन् २०११ मा युद्ध सुरु भएयता सिरियाको अर्थतन्त्र गम्भीर सङ्कटमा छ । त्यहाँ अहिले सरकारी कर्मचारीको मासिक तलब १० देखि २५ अमेरिकी डलरको बीचमा छ । मङ्गलवार मध्यरात सिरियाली आन्तरिक व्यापार तथा उपभोक्ता संरक्षण मन्त्रालयले ढुवानी र बेकरीका लागि डिजेल इन्धनको मूल्यमा एक सय ८० प्रतिशत र पेट्रोलमा झण्डै एक सय ६५ प्रतिशतले वृद्धि गरेको थियो ।

इन्धनको मूल्यवृद्धिपछि खाद्यान्नको भाउ बढेको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ।

संबन्धित शिर्षकहरु

भूकम्पपछि भेनेजुएलामा मानवीय सङ्कट गहिरिँदै गएको राष्ट्रसंघको भनाइ

अल्जेरियालाई हराउँदै स्विट्जरल्यान्ड विश्वकपको अन्तिम १६ मा

क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा