आईसीसी महिला टी–२० विश्व कप एसिया क्षेत्र छनोट : कतारले नेपाललाई दियो ७५ रनको लक्ष्य

काठमाडौं, १८ भाद्र : आईसीसी महिला टी–२० विश्व कप एसिया क्षेत्र छनोटमा कतारले नेपाललाई ७५ रनको लक्ष्य दिएको छ । मलेसियाको बाङ्गीमा टस हारेर पहिले ब्याटिङ गरेको कतारले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ७४ रन बनायो । कतारकी साची धडवालले सर्वाधिक २१ रन जोडिन् । यस्तै, एलिना खानले १५, एन्जिलेने मारेले १४ र यशाले १० रन जोडिन्।

नेपालकी इन्दु बर्माले ३ विकेट लिइन् भने पूजा महतो र कविता जोशीले एक/एक विकेट लिए । जितका लागि ७५ रनको लक्ष्य पाएको नेपालले ब्याटिङ गर्दैछ । समूह ‘ए’ मा लगातार तीन खेल जितेर अपराजित रहेको नेपालले आज कतारलाई हराएमा अन्तिम खेलअघि नै सेमिफाइनल पुग्नेछ । नेपालले यसअघि मलेसिया, बहराइन र भुटानलाई पराजित गरेको थियो । नेपालले समूहको अन्तिम खेलमा यूएईसँग पर्सि बुधवार खेल्नेछ ।

प्रतियोगितामा सहभागी ११ देशलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा नेपाल, बहरान, भुटान, मलेसिया, कतार र यूएई छन् । समूह ‘बी’ मा चीन, हङकङ, थाइल्यान्ड, कुवेत र म्यानमार छन् । प्रतियोगितामा हरेक समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । फाइनलमा पुग्ने दुई टोलीले सन् २०२४ मा हुने ग्लोबल टी–२० क्वालिफायर खेल्न पाउनेछन् ।

संबन्धित शिर्षकहरु

आज पनि सुनको भाउ घट्यो

पर्सि देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना : बढ्दो गर्मीबाट केही राहत पुग्ने

इबोला भाइरसविरुद्धको खोप विकास गरेको रुसको दाबी