काठमाण्डौ महानगरका वडाध्यक्ष मुकुन्द रिजालको निधन

काठमाडौं, २१ भाद्र : काठमाण्डौ महानगरपालिका वडा नम्बर–१६ का अध्यक्ष मुकुन्द रिजालको निधन भएको छ । उहाँको आज बिहान ग्राण्डी अस्पतालमा उपचारका क्रममा निधन भएको वडासचिव प्रकाश खड्काले जानकारी दिनुभयो ।

डेङ्गी सङ्क्रमण भएपछि पाँच दिनदेखि उहाँको ग्राण्डी अस्पतालमा उपचार भइरहेको थियो । रिजाल पालिकाको चुनावमा कांग्रेसको तर्फबाट काठमाण्डौ महानगरको वडा १६ बाट ४ हजार १९ मतकासाथ विजयी हुनुभएको थियो ।

संबन्धित शिर्षकहरु

चितवनको धारापानीमा बस, ट्रक र माइक्रोबस ठोक्किँदा ११ जना घाइते

बंगालको खाडीमा विकसित ‘अर्णव’ चक्रवातको प्रभाव भोलि रातिदेखि पर्ने

इजरायल र अमेरिकाको चुनावले विश्व अर्थतन्त्रमा प्रभाव पार्न सक्ने