बङ्लादेशमा अघिल्लाे वर्षकाे तुलनामा डेङ्गी सङ्क्रमण चार गुणाले बढ्याे

काठमाडौँ, १६ असोज : बङ्लादेशमा डेङ्गीको सङ्क्रमण थप फैलिन थालेको छ । समाचार संस्था अल जजिराका अनुसार बङ्लादेशमा यसपालि डेङ्गीका कारण एक हजार जनाभन्दा धेरैको ज्यान गएको छ ।

यो अघिल्लो वर्षाको तुलनामा झण्डै चार गुणाले धेरै हो । पछिल्लो नौ महिनामा डेङ्गीका कारण बङ्लादेशमा एक हजार १७ जनाको ज्यान गएको र दुई लाखभन्दा धेरै सङ्क्रमित भएका तथ्याङ्क छ।

बङ्लादेशको स्वास्थ्य सेवा महानिर्देशनालयले सन् २००० पछिको हरेक वर्षको तुलनामा डेङ्गीबाट ज्यान गुमाउनेको सङ्ख्या यस वर्ष उच्च रहेको जनाएको छ ।

संबन्धित शिर्षकहरु

भूकम्पपछि भेनेजुएलामा मानवीय सङ्कट गहिरिँदै गएको राष्ट्रसंघको भनाइ

अल्जेरियालाई हराउँदै स्विट्जरल्यान्ड विश्वकपको अन्तिम १६ मा

क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा