अमेरिकी प्रतिनिधि सभाका सभामुख म्याकार्थी मतदानबाट पदमुक्त

काठमाडौँ, १७ असोज : अमेरिकी प्रतिनिधि सभाका सभामुख केभिन म्याकार्थीलाई पदबाट हटाइएको छ । संसदमा भएको मतदानपछि रिपब्लिकन सभामुख म्याक्कार्थीलाई पदबाट हटाइएको हो ।

मतदानमा सभामुख म्याक्कार्थीलाई हटाउने पक्षमा २ सय १६ मत र नहटाउने पक्षमा २ सय १० मत परेको थियो । सभामुख म्याक्कार्थीले आफूविरुद्धको प्रस्ताव व्यक्ति लक्षित भएको टिप्पणी गर्नुभएको छ। रिपब्लिकन सांसद म्याट गेट्जले म्याकार्थीलाई निष्कासन गर्न सोमवार संसदमा औपचारिक प्रस्ताव दायर गर्नुभएको थियो ।

म्याक्कार्थी अमेरिकी इतिहासमा यसरी मतदानबाट हटाइएका पहिलो सभामुख बन्नुभएको छ । सभामुख पदमुक्त भएपछि संसदमा बजेटमाथिको छलफल प्रभावित हुने देखिएको छ । तत्कालका लागि रिपब्लिकन सांसद प्याट्री म्याकअन्रीलाई अन्तरिम सभामुख छानिएको बीबीसीले जनाएको छ ।

संबन्धित शिर्षकहरु

भूकम्पपछि भेनेजुएलामा मानवीय सङ्कट गहिरिँदै गएको राष्ट्रसंघको भनाइ

अल्जेरियालाई हराउँदै स्विट्जरल्यान्ड विश्वकपको अन्तिम १६ मा

क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा