देशका धेरै ठाउँमा झरी, भाेलिदेखि माैसम सुधार हुने

काठमाडौँ, १७ असोज :  देशका केही ठाउँमा गएरातिदेखि नै लगातार झरी परिरहेको छ । मौसमविद् रोजन लामिछानेका अनुसार बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा रातिदेखिको झरी रोकिएको छैन ।

आज पनि उपत्यकासहित देशका धेरैजसो ठाउँमा झरी पर्ने मौसमविद् लामिछानेले जानकारी दिनुभयो । उहाँका अनुसार आज कोशी, मधेस, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने अनुमान छ । गएराति पाल्पा र आसपासका क्षेत्रमा धेरै वर्षा भएको छ । ती क्षेत्रमा बाढीको सम्भावना रहेकाले सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् ।

भोलिदेखि भने क्रमिक रुपमा मौसम खुल्दै जाने मौसमविद्को अनुमान छ । यसपालि मनसुनको अन्तिमतिर झरी परेको हो । बाहिरिने समयमा मनसुन फेरि सक्रिय भएको हो । सामान्यतया नेपालमा अक्टोबर २ तारिखमा मनसुन बाहिरिने गर्छ । आज अक्टोबर चार तारिख हो । यसपालि एक हप्ता ढिलो गरी मनसुन बाहिरिने सम्भावना रहेको मौसमविद्को भनाइ छ ।

संबन्धित शिर्षकहरु

भूकम्पपछि भेनेजुएलामा मानवीय सङ्कट गहिरिँदै गएको राष्ट्रसंघको भनाइ

अल्जेरियालाई हराउँदै स्विट्जरल्यान्ड विश्वकपको अन्तिम १६ मा

क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा