एमाले सुदूरपश्चिम प्रदेश कमिटीको नेतृत्व चयनका लागि आज मतदान

काठमाडौँ, २३ असोज : नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीको नेतृत्व चयनका लागि आज मतदान हुँदैछ । निर्वाचन तालिकाअनुसार आज बिहान उम्मेदवारी दर्ता, प्रारम्भिक नामावली प्रकाशन र उम्मेदवारको विरोधमा उजुरी दिने सकिनेछ ।

उम्मेदवारी फिर्ता गर्न साढे १२ बजेदेखि २ बजेसम्मको समय तय गरिएको छ । दिउँसो साढे २ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ । बेलुकी ५ बजेदेखि मतदान शुरु गर्ने तयारी छ । एमालेको सुदूरपश्चिम प्रदेश अध्यक्षका लागि तीन जना कृष्णप्रसाद जैसी, वचनबहादुर सिंह र कमल तिमिल्सिनाको चर्चा छ ।

एमालेले यसअघि मतदानबाट लुम्बिनी, बाग्मती, कर्णाली, कोशी, र गण्डकी प्रदेशमा नेतृत्वको टुङ्गो लगाएको छ भने उपत्यका विशेष प्रदेश कमिटीको पदाधिकारी सर्वसम्मत चयन भएका छन् ।

संबन्धित शिर्षकहरु

हाइटीमा आपराधिक गिरोहकाे आक्रमणमा परी मृत्यु हुनेकाे संख्या ४७ पुग्यो

प्रधानमन्त्री शाहले आज पहिलोपल्ट नियमपूर्वक सांसदहरुलाई जवाफ दिदै

मधेशमा आज मुस्लिम धर्मालम्बीका लागि बिदा दिने सरकारकाे निर्णय