कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौँ, २३ असोज : नेपाली कांग्रेसको संसदीय दलको बैठक मंगलबार बस्दै छ । नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा मंगलबार दिउँसो १२ बजे संसदीय दलको बैठक बस्न लागेको हो ।

बैठकमा मुलुकको समसामयिक अवस्था र इजरायल हमासको आक्रमणपछिको अवस्थाबारे छलफल हुने कांग्रेस प्रमुख सचेतक रमेश लेखकले जानकारी दिनुभयो । संसदीय दलको बैठकअघि कांग्रेस सभापति शेरबहादुर देउवाको निवास धुम्बराहिमा पार्टी पदाधिकारीको बैठक बस्दैछ ।

संबन्धित शिर्षकहरु

चितवनको धारापानीमा बस, ट्रक र माइक्रोबस ठोक्किँदा ११ जना घाइते

बंगालको खाडीमा विकसित ‘अर्णव’ चक्रवातको प्रभाव भोलि रातिदेखि पर्ने

इजरायल र अमेरिकाको चुनावले विश्व अर्थतन्त्रमा प्रभाव पार्न सक्ने