नेकपा एमालेले आज चियापान कार्यक्रम गर्दै

काठमाडौं, १५ कार्तिक : नेकपा एमालेले आज दसैं, तिहार तथा छठ जस्ता चाडपर्वहरुको अवसरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमको आयोजना गर्ने भएको छ । चियापान कार्यक्रम ललितपुरको च्यासलस्थित पार्टी मुख्यालय दिउँसो १२ बजे हुँदैछ ।

हिजोका लागि तय गरिएको चियापान कार्यक्रम संयुक्त राष्ट्रसंघका महासचिवको भ्रमणका कारण आजका लागि सारिएको हो । कार्यक्रममा प्रधानमन्त्री, मन्त्रीहरु, सांसद, विभिन्न दलका नेताहरु, संवैधानिक तथा सुरक्षा निकायका प्रमुखहरु, विभिन्न देशका नेपालस्थित राजदुूतलगायतलाई आमन्त्रण गरिएको छ ।

साथै चियापान कार्यक्रममा पार्टीका कार्यकर्ताहरुलाई पनि आमन्त्रण गरिएको छ ।

संबन्धित शिर्षकहरु

भूकम्पपछि भेनेजुएलामा मानवीय सङ्कट गहिरिँदै गएको राष्ट्रसंघको भनाइ

अल्जेरियालाई हराउँदै स्विट्जरल्यान्ड विश्वकपको अन्तिम १६ मा

क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा