डब्ल्यूएचओको दक्षिण–पूर्वी एसिया क्षेत्रीय निर्देशकको चुनाव आज

FILE PHOTO: A logo is pictured at the World Health Organization (WHO) building in Geneva, Switzerland, February 2, 2020. Picture taken February 2, 2020. REUTERS/Denis Balibouse/File Photo

काठमाडौं, १५ कार्तिक : विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) को दक्षिण–पूर्वी एसिया क्षेत्रीय निर्देशकको चुनाव आज हुँदै छ । निर्देशक पदमा नेपालको तर्फबाट डब्ल्यूएचओमै कार्यरत शम्भुप्रसाद आचार्य र बंगलादेशको तर्फबाट प्रधानमन्त्री शेख हसिनाकी छोरी साइमा वाजेद उम्मेदवार रहनुभएको छ ।

भारतको नयाँ दिल्लीमा आयोजित डब्ल्यूएचओको दक्षिण–पूर्वी एसियाको क्षेत्रीय कमिटी (सेरो) को बैठकले नयाँ क्षेत्रीय निर्देशक चयन गर्ने छ ।

बैठक गएको सोमवारदेखि शुरु भएको हो । डब्लूएचओको दक्षिण–पूर्वी एसिया क्षेत्रीय कार्यालय दिल्लीमा छ । डब्ल्यूएचओको दक्षिण–पूर्वी एसिया क्षेत्रमा नेपाल, भारत, भुटान, बंगलादेश, उत्तर कोरिया, इन्डोनेसिया, मालदिभ्स, म्यानमार, श्रीलंका, थाइल्याण्ड र टिमोर लिस्टे गरी ११ देश सदस्य छन् । उनीहरुले नै मतदान गरेर वा सहमतिमा क्षेत्रीय निर्देशक चयन गर्दछन् ।

सैनिक शासन भएका कारण म्यानमारले मतदान नपाउने भएकोले १० वटा देशमात्रै मतदानमा सहभागी हुँदैछन् । सदस्य देशका स्वास्थ्यमन्त्री मतदाता हुनेछन् । नेपालबाट स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतको नेतृत्वको टोली क्षेत्रीय बैठकमा भाग लिन नयाँदिल्ली गएको छ ।

संबन्धित शिर्षकहरु

आफ्नै रेकर्ड तोड्दै कामिरिता शेर्पा ३२औँ र ल्हाक्पा शेर्पा ११औँ पटक सगरमाथा शिखरमा

ट्रम्पको चेतावनीका बाबजुद स्वतन्त्र र सार्वभौम देश भएको ताइवानको घोषणा

कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा