आज र भोलि बालबालिकालाई भिटामिन ए र जुकाको औषधी खुवाइने

काठमाडौं, १७ कार्तिक : राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम अन्र्तगत आज र भोली दुई दिन बालबालिकालाई भिटामीन ए क्याप्सुन र जुकाको औषधी खुवाइने सरकारले जनाएको छ ।

हरेक वर्ष सरकारले पहिलो चरणमा कात्तिक २ र ३ गते तथा दोस्रो चरणमा वैशाख ६ र ७ गते गरी दुई पटक कार्यक्रम सञ्चालन गर्दै आएकोमा यस वर्ष दशैँ परेका कारण पहिलो चरणको कार्यक्रम कात्तिक १७ र १८ गते तय गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

दुई दिने अभियानमा ६ देखि ५९ महिनाका झण्डै ३२ लाख बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाइने छ । यसैगरिे १ देखि ५ वर्षसम्मका २९ लाखभन्दा धेरै बालबालिकाहरुलाई जुकाको औषधि खुवाइने मन्त्रालयले जनाएको छ ।

संबन्धित शिर्षकहरु

भूकम्पपछि भेनेजुएलामा मानवीय सङ्कट गहिरिँदै गएको राष्ट्रसंघको भनाइ

अल्जेरियालाई हराउँदै स्विट्जरल्यान्ड विश्वकपको अन्तिम १६ मा

क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा