नेकपा एमालेको सचिवालय बैठक बस्दै

काठमाडौं, २२ कार्तिक : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको आज सचिवालय बैठक बस्दैछ । बैठक बुधवार दिउँसो १२.४५ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने जनाइएको छ ।

आजको बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ । साथै बैठकमा जाजरकोटमा भूकम्पबाट भएको जनधनको क्षति र राहत तथा मध्यपहाडी सडक केन्द्रित अभियानका बारेमा छलफल हुने जनाइएको छ ।

एमालेले आगामी मंसिरमा मध्यपहाडी लोकमार्गकेन्द्रित अभियान सञ्चालन गर्ने भएको छ ।

संबन्धित शिर्षकहरु

आज सुनचाँदीको भाउ बढ्यो

वर्षा, हावाहुरी र चट्याङको जोखिम रहेकाले सावधानी अपनाउन प्राधिकरणको आग्रह

शान्ति प्रक्रियामा महिलाको अर्थपूर्ण सहभागिता अनिवार्यः संयुक्त राष्ट्रसंघ महासचिव गुटेरेस