हङकङमा हुने महिला टी–२० शृङ्खलाकाे पहिलाे खेल नेपालले तान्जानियासँग खेल्ने

काठमाडौं, २३ कार्तिक : हङकङमा हुने चार देश सम्मिलित महिला टी–२० प्रतियोगिताअन्तर्गतको पहिलो खेल नेपालले तान्जानियासँग खेल्ने भएको छ । नेपालले तान्जानियासँग आउँदो २९ गते खेल्नेछ ।

यस्तै, दोस्रो खेलमा ३० गते हङकङसँग खेल्नेछ भने तेस्रो खेल मंसिर २ गते जापानसँग खेल्नेछ । फाइनल खेल मंसिर ३ गते हुनेछ । प्रतियोगितामा हङकङसहित नेपाल, तान्जानिया र जापानले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिता आउँदो २९ देखि मंसिर ३ गतेसम्म हुनेछ ।

संबन्धित शिर्षकहरु

भूकम्पपछि भेनेजुएलामा मानवीय सङ्कट गहिरिँदै गएको राष्ट्रसंघको भनाइ

अल्जेरियालाई हराउँदै स्विट्जरल्यान्ड विश्वकपको अन्तिम १६ मा

क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा