रेकर्ड बनाएको सुनको भाउ आज तोलामा १ हजार ३ सय रुपैयाँले घट्यो

काठमाडौं, १३ पौष : सुनको भाउ आज शुक्रवार तोलामा एक हजार तीन सय रुपैयाँले घटेको छ । आज भाउ घटेर तोलाको एक लाख २० हजार सात सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो बिहीवार एक हजार तीन सय रुपैयाँले बढेर सुनकाे भाउ अहिलेसम्मकै उच्च तोलाको एक लाख २२ हजार रुपैयाँ कायम भएको थियो । अस्ति बुधवार पनि सुन आजकै भाउ तोलाको एक लाख २० हजार सात सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको भाउ पनि घटेको छ । ३५ रुपैयाँले घटेर चाँदी आज तोलाको एक हजार चार सय ५५ रुपैयाँ तोकिएको महासङ्घले जनाएको छ ।

अस्ति बुधवार तोलाको एक हजार चार सय ७५ रुपैयाँमा कारोबार भएको चाँदीको भाउ हिजो १५ रुपैयाँले बढेर एक हजार चार सय ९० रुपैयाँ तोकिएको थियो ।

संबन्धित शिर्षकहरु

आज सुनचाँदीको भाउ बढ्यो

वर्षा, हावाहुरी र चट्याङको जोखिम रहेकाले सावधानी अपनाउन प्राधिकरणको आग्रह

शान्ति प्रक्रियामा महिलाको अर्थपूर्ण सहभागिता अनिवार्यः संयुक्त राष्ट्रसंघ महासचिव गुटेरेस