जसपाको केन्द्रीय राजनीतिक समिति बैठक आज बस्दै

????????????????????????????????????

काठमाडौँ, २५ पौष : जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय राजनीतिक समितिको बैठक आज बस्दैछ । बैठक ललितपुरको भोलढोकास्थित ज्यापु प्रज्ञा भवनमा बिहान ११ बजेका लागि बोलाइएको छ ।

जसपाले गत भदौमा सञ्चालन गरेको संगठन विस्तार तथा सुदृढीकरण अभियान र उक्त अभियानमा पार्टी सदस्यहहरुको सक्रियतामा भएका सांगठनिक प्रगति विवरण प्रतिवेदन बैठकमा प्रस्तुत हुने जनाइएको छ ।

त्यसैगरी राजनीतिक तथा संगठनात्मक प्रतिवेदन बैठकमा प्रस्ताव गरिनुका साथै पार्टीको आगामी महाधिवेशनबारे समेत बैठकमा छलफल हुनेछ । बैठक दुई दिनसम्म चल्ने जनाइएको छ ।

संबन्धित शिर्षकहरु

आज सुनचाँदीको भाउ बढ्यो

वर्षा, हावाहुरी र चट्याङको जोखिम रहेकाले सावधानी अपनाउन प्राधिकरणको आग्रह

शान्ति प्रक्रियामा महिलाको अर्थपूर्ण सहभागिता अनिवार्यः संयुक्त राष्ट्रसंघ महासचिव गुटेरेस