राष्ट्रिय पुरुष भलिबलको फाइनल खेल आज हुँदै

काठमाडौँ, २६ पौष : सुर्खेतमा जारी ३४ औं राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधिका लागि आज सशस्त्र प्रहरीको एपीएफ क्लब र नेपाल पुलिस क्लब भिड्दैछन् ।

बुधबार भएको सेमिफाइनल खेलमा गण्डकी प्रदेशलाई सोझो सेटमा हराउँदै एपीएफले फाइनलमा स्थान बनाएको हो । एपीएफले गण्डकीलाई २५–२३, २५–२० र २५–१५ ले पराजित ग¥यो । हिजै भएको दोस्रो सेमिफाइनल खेलमा नेपाल पुलिस क्लबले अर्काे विभागीय टोली त्रिभुवन आर्मीलाई सोझो सेटमा पाखा लगायो ।

पुलिसले आर्मीमाथि २५–२१, २५–२३ र २५–१९ को जित निकालेको हो । सेमिफाइनलमा पराजित भएका दुई टोली आर्मी क्लब र गण्डकी प्रदेशले तेस्रो स्थानका लागि खेल्नेछन् ।

संबन्धित शिर्षकहरु

आज सुनचाँदीको भाउ बढ्यो

वर्षा, हावाहुरी र चट्याङको जोखिम रहेकाले सावधानी अपनाउन प्राधिकरणको आग्रह

शान्ति प्रक्रियामा महिलाको अर्थपूर्ण सहभागिता अनिवार्यः संयुक्त राष्ट्रसंघ महासचिव गुटेरेस