राष्ट्रिय पुरुष भलिबलको फाइनल खेल आज हुँदै

काठमाडौँ, २६ पौष : सुर्खेतमा जारी ३४ औं राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधिका लागि आज सशस्त्र प्रहरीको एपीएफ क्लब र नेपाल पुलिस क्लब भिड्दैछन् ।

बुधबार भएको सेमिफाइनल खेलमा गण्डकी प्रदेशलाई सोझो सेटमा हराउँदै एपीएफले फाइनलमा स्थान बनाएको हो । एपीएफले गण्डकीलाई २५–२३, २५–२० र २५–१५ ले पराजित ग¥यो । हिजै भएको दोस्रो सेमिफाइनल खेलमा नेपाल पुलिस क्लबले अर्काे विभागीय टोली त्रिभुवन आर्मीलाई सोझो सेटमा पाखा लगायो ।

पुलिसले आर्मीमाथि २५–२१, २५–२३ र २५–१९ को जित निकालेको हो । सेमिफाइनलमा पराजित भएका दुई टोली आर्मी क्लब र गण्डकी प्रदेशले तेस्रो स्थानका लागि खेल्नेछन् ।

संबन्धित शिर्षकहरु

भूकम्पपछि भेनेजुएलामा मानवीय सङ्कट गहिरिँदै गएको राष्ट्रसंघको भनाइ

अल्जेरियालाई हराउँदै स्विट्जरल्यान्ड विश्वकपको अन्तिम १६ मा

क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा