यू–१९ विश्वकप क्रिकेटमा आज नेपाल र भारत भिड्दै

काठमाडौं, १९ माघ : आइसीसी अण्डर नाइन्टिन विश्वकप क्रिकेटमा आज नेपाल र भारत भिड्दैछन् । खेल दक्षिण अफ्रिकाको ब्लुमफोन्टेन शहरमा दिउँसो पौने दुई बजे सुरु हुनेछ । सुपर सिक्समा भारत लगातार दोस्रो जितको खोजीमा छ भने नेपाल पहिलो जितको खोजीमा रहेको छ । यसअघि पहिलो खेलमा नेपाललाई बंगलादेशले ५ विकेटले हराएको थियो ।

प्रतियोगिताको सेमिफाइनलमा पुग्ने होडबाट बाहिरिइसकेको नेपाल आज प्रतिष्ठाको लागि खेल्दैछ । विश्वकपमा भारतलाई हराउन नेपाल प्रतियागिताको सुखद बिदाइ गर्न चाहन्छ ।

समुह चरणका खेलको अंकसमेत गणना हुने ढाँचामा खेलाइएको सुपर सिक्समा ३ खेलबाट भारत र पाकिस्तानको ६–६ अंक छ । बंगलादेशको ४ अंक छ भने न्युजिल्याण्डको २ अंक छ । नेपाल र आयरल्याण्डले अंक जोड्न सकेका छैनन् ।

संबन्धित शिर्षकहरु

भूकम्पपछि भेनेजुएलामा मानवीय सङ्कट गहिरिँदै गएको राष्ट्रसंघको भनाइ

अल्जेरियालाई हराउँदै स्विट्जरल्यान्ड विश्वकपको अन्तिम १६ मा

क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा