अक्टोबर ७ तारिखयता इजरायलले गाजामा गरेको आक्रमणबाट मारिनेको सङ्ख्या साढे २७ हजार नाघ्यो

(240205) -- GAZA, Feb. 5, 2024 (Xinhua) -- People gather around a destroyed house after an Israeli airstrike in the southern Gaza Strip city of Rafah, on Feb. 5, 2024. The death toll of Palestinians killed from Israeli strikes on the Gaza Strip has risen to 27,478, the Hamas-run Health Ministry said on Monday. (Photo by Khaled Omar/Xinhua)

काठमाडौं, २३ माघ : गएको अक्टोबर ७ तारिखयता इजरायलले प्यालेस्टिनको गाजासहित विभिन्न क्षेत्रमा गरेको आक्रमणमा ज्यान गुमाउनेको सङ्ख्या साढे २७ हजार जना नाघेको छ । हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले आक्रमणको एक सय २३ औँ दिनसम्म आइपुग्दा २७ हजार पाँच सय जनाको ज्यान गएको बताएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

ज्यान गुमाउनेमा ११ हजार जनाभन्दा धेरै बालबालिका छन्, घाइतेको सङ्ख्या ६७ हजार जना नाघेको छ । इजरायलले गाजासहित प्यालेस्टिनका धेरै क्षेत्र ध्वस्त बनाएको छ । पछिल्लो समय सुत्केरी र बिरामी बसेका आश्रय स्थलमा पनि इजरायलले आक्रमण गरेको छ । यसैबीच अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन मध्यपूर्वको भ्रमणमा निस्कनुभएको छ ।

इजरायलले गाजामा गरिरहेको आक्रमण, सिरिया र लिबियामा अमेरिकी सैन्य अखडामाथि भइरहेका हमला, इरान र अमेरिकाबीचको बढ्दो तनावलगायतका घटनाको बीचमा ब्लिन्केन मध्यपूर्वको भ्रमणमा निस्कनुभएको हो । गएको अक्टोबर ७ तारिखमा हमासले इजरायलमा गरेको आक्रमणपछि ब्लिन्केन पाँचौँ पटक मध्यपूर्वको भ्रमणमा निस्कनुभएको हो ।

हिजो साउदी अरबमा त्यहाँका युवराजसँग भेटवार्ता गरेका ब्लिन्केन आज इजिप्ट र कतार पुगेर बेलुका इजरायल जाने कार्यक्रम छ ।

संबन्धित शिर्षकहरु

भूकम्पपछि भेनेजुएलामा मानवीय सङ्कट गहिरिँदै गएको राष्ट्रसंघको भनाइ

अल्जेरियालाई हराउँदै स्विट्जरल्यान्ड विश्वकपको अन्तिम १६ मा

क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा