आज पश्चिमी पहाडी क्षेत्रमा मौसम आंशिक बदली : पानी नपर्ने

काठमाडौं, २७ फागुन : आज काठमाण्डौ उपत्यकासहित देशको पश्चिमी पहाडी क्षेत्रमा मौसम आंशिक बदली छ।अरु बाँकी ठाउँको मौसम सफा नै रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशसहित देशका पहाडी क्षेत्रको मौसम बदली छ । त्यस्तै गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली एक–दुई ठाउँमा हल्का हिमपातको सम्भावना रहेको मौसमविद् शान्ता कँडेलले जानकारी दिनुभयो ।

अहिले नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । मौसम बदली भएका क्षेत्रमा पनि पानी पर्ने सम्भावना भने नरहेको महाशाखाले जनाएको छ ।

संबन्धित शिर्षकहरु

चितवनको धारापानीमा बस, ट्रक र माइक्रोबस ठोक्किँदा ११ जना घाइते

बंगालको खाडीमा विकसित ‘अर्णव’ चक्रवातको प्रभाव भोलि रातिदेखि पर्ने

इजरायल र अमेरिकाको चुनावले विश्व अर्थतन्त्रमा प्रभाव पार्न सक्ने