सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भूभागको एक/दुई ठाउँमा हल्का वर्षाको सम्भावना

काठमाडौं, २९ फागुन : आज सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भूभागको एकदुई ठाउँमा हल्का वर्षाको सम्भावना रहेको छ । देशका पहाडी भूभागमा आंशिक बदलीको अवस्था छ भने अरु बाँकी भूभागको मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

त्यस्तै देशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई ठाउँमा हल्का हिमपातको सम्भावना रहेको मौसमविद् गोविन्द झाले जानकारी दिनुभयो ।

अहिले नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको पनि मौसमविद् झाले जानकारी दिनुभयो ।

संबन्धित शिर्षकहरु

भूकम्पपछि भेनेजुएलामा मानवीय सङ्कट गहिरिँदै गएको राष्ट्रसंघको भनाइ

अल्जेरियालाई हराउँदै स्विट्जरल्यान्ड विश्वकपको अन्तिम १६ मा

क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा