आईपीएल क्रिकेटमा आज राजस्थान र दिल्ली खेल्दै

काठमाडौं, १५ चैत्र : इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा आज राजस्थान रोयल्स र दिल्ली क्यापिटल्स खेल्दैछन् । खेल बेलुका पौने ८ बजे जयपुरमा शुरु हुनेछ । राजस्थानले पहिलो खेलमा लखनउ सुपर जायन्ट्सलाई हराएको थियो भने दिल्ली, पञ्जाव किंग्ससँग पराजित भएको थियो ।

आईपीएल क्रिकेटमा गएराति सनराइजर्स हैदराबादले मुम्बई इन्डियन्सलाई हराएको छ । विभिन्न कीर्तिमान बनेको खेलमा हैदराबादले मुम्बईलाई ३१ रनले हराएको हो । हैदराबादले २० ओभरमा ३ विकेट गुमाएर २ सय ७७ रन बनाएको थियो । आईपीएल क्रिकेटमा यो अहिलेसम्मकै धेरै रन हो ।

संबन्धित शिर्षकहरु

आज सुनचाँदीको भाउ बढ्यो

वर्षा, हावाहुरी र चट्याङको जोखिम रहेकाले सावधानी अपनाउन प्राधिकरणको आग्रह

शान्ति प्रक्रियामा महिलाको अर्थपूर्ण सहभागिता अनिवार्यः संयुक्त राष्ट्रसंघ महासचिव गुटेरेस