गिता दराई घिमिरे, चितवन, १७ चेैत : लायन्स क्लब अफ भरतपुर इन्द्रेणीको अध्यक्षमा अधिकारकर्मि एवम् समाजसेवी लायन शीला परियार निर्वाचित भएकी छन् । क्लबका चार्टर प्रेसिडेण्ड लायन द्रोण बाबू सिवाकोटीको विशेष आतिथ्यतामा शनिवार सम्पन्न ५ ओैं अधिवेशनकाे प्रथम उपाध्यक्षमा डा.लक्ष्मण पाैडेल, द्वितीय उपाध्यक्ष त्रिलाेचन सापकाेटा र तृतीय उपाध्यक्षमा लालुमाया अधिकारी चयन भएका छन् ।

यस्तै, क्लबको सचिवमा अधिवक्ता दिपक तिमिल्सिना,सह -सचिवमा सन्ताेष थापा, कोषाध्यक्षमा हेम कुँवर, बजार तथा संचार संयोजकमा राजु अधिकारी, एल सि आइ एफ संयोजकमा शतिष ढकाल, सेवा संयोजक कमल कुँबर र क्लब डाइरेक्टर सन्ताेष तिवारी चयन भएका छ । अधिवेशन क्लबका अध्यक्ष लायन अधिवक्ता नारायण गिरीकाे अध्यक्षतामा सम्पन्न भएकाे हो ।



