सिरियामा इरानी वाणिज्य दूतावासमा आक्रमण, पाँचजनाको ज्यान गयो

काठमाडौं, २० चैत्र : सिरियाको राजधानी दमास्कसमा रहेको इरानी महावाणिज्य दूतावासमा आक्रमण हुँदा पाँचजनाको ज्यान गएको छ । आक्रमणमा सुरक्षा निकायका वरिष्ठ अधिकारी सहित पाँचजनाको ज्यान गएको हो ।

आक्रमणका कारण मेजेह शहरमा रहेको इरानी दूतावास नजिकै रहेको भवन भग्नावशेषमा परिणत भएको तर इरानी दूतावासमा भने खासै क्षति नभएको खबरमा उल्लेख छ । इरान र सिरियाका विदेशमन्त्रीहरूले आक्रमणको कडा निन्दा गरेका छन् । तर, इजरायलको सेनाले भने घटनाबारे कुनै प्रतिक्रिया नदिने बताएको छ ।

उत्तरी इजरायल र लेबनानमा युद्ध गरिरहेका इरान र हिजबुल्लाहलाई अझै उक्साउने उद्देश्यले इजरायलले आक्रमण गरेको हुनसक्ने इरानले अनुमान गरेको छ ।

संबन्धित शिर्षकहरु

आज पनि सुनको भाउ घट्यो

पर्सि देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना : बढ्दो गर्मीबाट केही राहत पुग्ने

इबोला भाइरसविरुद्धको खोप विकास गरेको रुसको दाबी