पहाडी भेगका केही ठाउँमा चट्याङसहित हल्का वर्षाको सम्भावना

काठमाडौं, २२ चैत्र : आज पहाडी भेगका केही ठाउँमा पानी पर्ने र अरु ठाउँमा मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार कर्णाली, कोशी, बाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भेगका एक/दुई ठाउँमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

त्यस्तै कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हल्का हिमपातको सम्भावना रहेको छ । हिजो कास्की, मनाङ र गोरखाका केही ठाउँमा वर्षा भएको मौसमविद् रोजन लामिछानेले जानकारी दिनु भयो ।

पछिल्लो २४ घण्टामा कास्कीको माछापुच्छ्रे बेसक्याम्पमा ३५ दशमलव २ मिलिमिटर, मनाङमा ५ दशमलव ४ मिलिमिटर र गोरखामा शून्य दशमलव ९ मिलिमिटर वर्षा मापन भएको छ । पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभावले मौसम बदली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

संबन्धित शिर्षकहरु

भूकम्पपछि भेनेजुएलामा मानवीय सङ्कट गहिरिँदै गएको राष्ट्रसंघको भनाइ

अल्जेरियालाई हराउँदै स्विट्जरल्यान्ड विश्वकपको अन्तिम १६ मा

क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा