गाजामा सामुहिक चिहान छानबिन हुनुपर्छ : राष्ट्रसंघ

काठमाडौं १४ बैशाख : संयुक्त राष्ट्रसंघका अधिकारीहरुले गाजाको एक अस्पतालमा सामुहिक चिहान भेटिएको घटनाको स्वतन्त्र छानबिन हुनुपर्ने बताएका छन् । गाजाको खान युनिस शहरमा रहेको नासेर अस्पतालमा तीन सय जनाको साुमहिक चिहान फेला परेपछि राष्ट्रसंघका मानव अधिकार हेर्ने अधिकारीले न्यायिक छानबिनको माग गरेका हुन् ।

हमासले सञ्चालन गरेको सिभिल डिफेन्स एजेन्सीका अनुसार गाजाको खान युनिसको नासेर अस्पताल परिसरबाट तीन सय बढी शव गाडिएको अवस्थामा फेला परेको हो । इजरायली सेनाले आक्रमणका क्रममा सो अस्पताल नियन्त्रणमा लिइ हत्या गरी शव गाडेको अनुमान गरिएको छ । गाडिएका शवहररुमा महिला र बालबालिकाको संख्या अत्यधिक छ ।

सन् २०२३ को अक्टोबरमा इजरायलमा हमासले आक्रमण गरेदेखि इजरायली सेनाले गाजामा व्यापक सैन्य कारबाही गरिरहेको छ । -एजेन्सी

संबन्धित शिर्षकहरु

गणतन्त्र दिवस ३ दिन मनाइने, प्रधानमन्त्रीकाे अध्यक्षतामा मूल समाराेह समिति गठन

जलवायु परिवर्तन, हिमाल र मानवताको भविष्यको विषयमा छलफल गर्न सगरमाथा संवाद शुरू

‘हेल्लो काँशिराम’ र ‘के घर के डेरा घर नं. २’ आजदेखि प्रदर्शनमा