रुस–युक्रेन युद्धमा युक्रेनमा हरेक दिन २ बालबालिकाको मृत्यु

काठमाडौं, २ जेष्ठ : रुस युक्रेनबीच जारी युद्धका कारण हालसम्म युक्रेनका १९ सय ९३ बालबालिकाको मृत्यु भएको तथ्यांक सार्वजनिक भएको छ । संयुक्त राष्ट्रसंघीय बालबालिका कोष युनिसेफले सार्वजनिक गरेको तथ्यांंक अनुसार सन् २०२२ देखि जारी युद्धका क्रममा हरेक दिन दुई बालबालिकाको मृत्यु हुने गरेको छ ।

तत्थ्यांकमा ५० प्रतिशत किशोरहरु आक्रमणका त्रासमा रातमा ननिदाउने गरेको र ४० प्रतिशत बालबालिका मानसिक तनावमा रहेको पनि उल्लेख छ । युद्धका कारण पठन पाठनबाट बञ्चित रहेका युक्रनेका बालबालिकाको संख्या पनि ५० प्रतिशत पुगेको छ । युक्रेनमा हाल बालबालिकाको संख्या १० लाखको हाराहारीमा रहेको र उनीहरुमध्ये १ लाख बालबालिकाको अनलाइनबाट पढाइ भइरहेको छ ।

संंयुक्त राष्ट्रसंघको पहलमा १३ लाख बालबालिकाको पढाइका लागि पहल गरेतापनि मानसिक तनावका कारण सार्थकता पाउन नसकेको जनाइएको छ ।

संबन्धित शिर्षकहरु

भूकम्पपछि भेनेजुएलामा मानवीय सङ्कट गहिरिँदै गएको राष्ट्रसंघको भनाइ

अल्जेरियालाई हराउँदै स्विट्जरल्यान्ड विश्वकपको अन्तिम १६ मा

क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा