आज ३१ औँ मदन – आश्रित स्मृति दिवस

काठमाडौं, ३ जेष्ठ : आज ३१ औँ मदन–आश्रित स्मृति दिवस मनाइँदैछ । २०५० साल जेठ ३ गते चितवनको दासढुङ्गामा जीप दुर्घटना परी नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी तथा सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको निधन भएको थियो । रहस्यमय मानिने यो दुर्घटनाबारे अहिलेसम्म भएको छानबिनले कुनै तथ्य निकाल्न सकेका छैनन् ।

दुर्घटनाका एकमात्र साक्षी तथा भण्डारी र आश्रित चढेको जिपका चालक अमर लामाको समेत हत्या भएपछि यो घटना झनै रहस्यमय बन्दै आएको छ । कम्युनिष्टहरु नागरिकबाट चुनिएर मात्र सत्तामा पुग्नुपर्छ भन्ने मान्यता राख्ने भण्डारीले नागरिकको बहुदलीय जनवादको विकास गर्नुभएको थियो । मदन–आश्रित स्मृति दिवसका अवसरमा आज एमाले र एमालेका भातृ सङ्गठनहरुले विभिन्न कार्यक्रम गर्दै छन् ।

संबन्धित शिर्षकहरु

आज सुनचाँदीको भाउ बढ्यो

वर्षा, हावाहुरी र चट्याङको जोखिम रहेकाले सावधानी अपनाउन प्राधिकरणको आग्रह

शान्ति प्रक्रियामा महिलाको अर्थपूर्ण सहभागिता अनिवार्यः संयुक्त राष्ट्रसंघ महासचिव गुटेरेस