सुनको भाउ आज पनि तोलामा एक हजार आठ सय रुपैयाँले घट्यो

काठमाडौं, ११ जेष्ठ : सुनको भाउ आज पनि तोलामा एक हजार आठ सय रुपैयाँले घटेको छ । आज पनि सुनको भाउ ताेलामा एक हजार आठ सय रुपैयाँले घटेर एक लाख ३६ हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको भाउ एक लाख ३८ हजार सात सय रुपैयाँ थियो । त्यस्तै आज चाँदीको भाउ पनि घटेको छ । आज चाँदी तोलामा १० रुपैयाँले घटेर एक हजार आठ सय ५५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।

संबन्धित शिर्षकहरु

आज पनि सुनको भाउ घट्यो

पर्सि देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना : बढ्दो गर्मीबाट केही राहत पुग्ने

इबोला भाइरसविरुद्धको खोप विकास गरेको रुसको दाबी