सहकारी ठगीविरुद्ध काँग्रेसले आज विरोध प्रदर्शन गर्दै

काठमाडौं, १३ जेष्ठ : नेपाली काँग्रेसले आज सहकारी ठगीविरुद्ध काठमाडौं उपत्यकामा विरोध प्रदर्शन गर्दैछ । सहकारी ठगीको आरोप लागेका उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेसहित ठगीमा संलग्नहरूलाई कारवाही र सर्वसाधारणको वचत फिर्ताको माग गर्दै विपक्षी दल काँग्रेसले आज विरोध प्रदर्शन गर्न लागेको हो ।

संघीय संसदमा निरन्तर अवरोध गर्दै आएको नेपाली काँग्रेस अब सहकारी मुद्दालाई लिएर सडकमा उत्रिएको छ । पहिलो चरणमा काठमाडौं उपत्यकामा विरोध प्रदर्शन गर्ने निर्णय गरेको काँग्रेसले यहाँका १५ वटै निर्वाचन क्षेत्रमा केन्द्रिय समितिबाट प्रतिनिधि खटिएका छन् ।

संबन्धित शिर्षकहरु

आज सुनचाँदीको भाउ बढ्यो

वर्षा, हावाहुरी र चट्याङको जोखिम रहेकाले सावधानी अपनाउन प्राधिकरणको आग्रह

शान्ति प्रक्रियामा महिलाको अर्थपूर्ण सहभागिता अनिवार्यः संयुक्त राष्ट्रसंघ महासचिव गुटेरेस