आज प्रतिनिधिसभाको बैठक बस्दै, नीति तथा कार्यक्रम पारित गर्ने कार्यसूची

काठमाडौं, १३ जेष्ठ : आज प्रतिनिधिसभाको बैठक बस्दैछ । बैठक संघीय संसद् भवन नयाँ बानेश्वरमा आइतबार बिहान ११ बजेका लागि बोलाइएको छ । आजको बैठकका लागि संसद् सचिवालयले विभिन्न १४ वटा सम्भावित कार्यसूची सार्वजनिक गरेको छ ।

जसअनुसार बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउनु हुनेछ । त्यसैगरी बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रपतिबाट गत जेठ १ गते संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा सम्बोधन गरिएको सरकारको नीति तथा कार्यक्रममाथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।

साथै नीति तथा कार्यक्रममाथि सदस्यहरूबाट आएका संशोधनहरू प्रस्तुत हुने र त्यसमाथि छलफल गरिने कार्यसूची रहेको छ । उक्त छलफलको क्रममा उठेका प्रश्नहरूको जवाफ प्रधानमन्त्री दाहालले दिनुहुनेछ । त्यसपछि सभामुख घिमिरेले प्राप्त संशोधन र नीति तथा कार्यक्रमलाई निर्णयार्थ प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।

संबन्धित शिर्षकहरु

भूकम्पपछि भेनेजुएलामा मानवीय सङ्कट गहिरिँदै गएको राष्ट्रसंघको भनाइ

अल्जेरियालाई हराउँदै स्विट्जरल्यान्ड विश्वकपको अन्तिम १६ मा

क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा