संविधान संशोधन विधेयक राष्ट्रियसभामा पेश हुँदै

काठमाडौं, ३२ जेठ :
प्रतिनिधिसभा बाट पारित भएको संविधान संशोधन विधेयक आइतबार माथिल्लो सदन राष्ट्रियसभामा पेश हुँदैछ । शनिबार प्रनिनिधिसभाले सर्वसम्मत्त रुपमा पारित गरेको विधेयकको त्यस सम्बन्धी सूचनासहित आइतबार राष्ट्रियसभामा पेश हुन लागेको हो ।

राष्ट्रियसभाको बैठक बिहान ११ बजेपछि बस्नेछ । प्रतिनिधिसभाबाट सूचनासहित आएको विधेयकमाथि आइतबार नै सैद्धान्तिक छलफल सकेर संशोधनका लागि ७२ घण्टाको समय दिने तयारी रहेको छ ।

७२ घण्टाको समय सकिएपछि राष्ट्रियसभाले पनि तुरुन्तै विधेयक पारित गर्ने तयारी गरिएको सत्तापक्षका राष्ट्रियसभाका सचेतक खिमलाल भट्टराईले जानकारी दिए ।

राष्ट्रियसभामा पनि विधेयक दुई तिहाइ बहुमतले पारित गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।

संबन्धित शिर्षकहरु

यसपालिको मनसुनमा औसतभन्दा धेरै वर्षा, धेरै गर्मी हुने अनुमान

आईपीएल क्रिकेटमा आज मुम्बई र दिल्ली खेल्दै

अमेरिकाले ब्यालिस्टिक आक्रमण रोक्न सक्ने क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीको विकास गर्दै