कोपा अमेरिका फुटबलमा अर्जेन्टिनाको विजयी सुरुवात, क्यानडा २–० ले पराजित

काठमाडौं, ७ असार : दक्षिण अमेरिकी महादेशको फुटबल प्रतियोगिता कोपा अमेरिका २०२४ को उद्घाटन खेलमा समूह ‘ए’ बाट अर्जेन्टिनाले विजयी सुरुवात गरेको छ । एटलान्टामा आज बिहान भएको खेलमा साविक विजेता अर्जेन्टिनाले क्यानडालाई २–० ले हराएको हो ।

अर्जेन्टिनाको जितमा खेलको ४९ औँ मिनेटमा जुलियन अल्भारेजले पहिलो गोल गरे भने ८८ औँ मिनेटमा लाउटारो मार्टिनेजले अर्को गोल थपे । यही समूहमा चिली र पेरु भोलि खेल्दैछन् । यो खेल एटी एण्ड टी स्टेडियममा नेपाली समयअनुसार बिहान पौने ६ बजे शुरु हुनेछ । आजदेखि शुरु भएको ४८ औँ संस्करणको प्रतियोगिता आउँदो जुलाई १५ तारिखसम्म चल्नेछ ।

प्रतियोगितामा पहिलो पटक १६ वटा देश सहभागी हुँदैछन् जसमा दक्षिण अमेरिकाबाट १० तथा उत्तर र मध्य अमेरिकी क्षेत्रबाट ६ देशले प्रतिस्पर्धा गर्दैछन् । यसअघि यो प्रतियोगितामा १२ वटा देश सहभागी हुँदै आएका थिए ।

संबन्धित शिर्षकहरु

आज सुनचाँदीको भाउ बढ्यो

वर्षा, हावाहुरी र चट्याङको जोखिम रहेकाले सावधानी अपनाउन प्राधिकरणको आग्रह

शान्ति प्रक्रियामा महिलाको अर्थपूर्ण सहभागिता अनिवार्यः संयुक्त राष्ट्रसंघ महासचिव गुटेरेस