सुनको भाउ ८ सय रुपैयाँले घट्यो

काठमाडौं, १३ असार : सुनको भाउ आज तोलामा आठ सय रुपैयाँले घटेको छ । सुनको भाउ आज आठ सय रुपैयाँले घटेर तोलाको एक लाख ४० हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

हिजो सुनको भाउ तोलाको एक लाख ४१ हजार छ सय रुपैयाँ थियो । यस्तै आज चाँदी तोलामा १० रुपैयाँले घटेर तोलाको एक हजार सात सय ८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

संबन्धित शिर्षकहरु

आज पनि सुनको भाउ घट्यो

पर्सि देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना : बढ्दो गर्मीबाट केही राहत पुग्ने

इबोला भाइरसविरुद्धको खोप विकास गरेको रुसको दाबी