प्रधानमन्त्री प्रचण्डले ५ औँ पटक विश्वासकाे मत लिँदै, विपक्षमा मतदान गर्न कांग्रेसको ‘ह्विप’

प्रम दाहाल काठमाडौँ, २४ पुस : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मङ्गलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी लगायत मन्त्रालयका सचिव, मन्त्रालयसँग सम्बन्धित अन्य मन्त्रालयका प्रतिनिधिलाई वैदेशिक रोजगारीमा देखिएका समस्याका समाधान गर्न निर्देशन दिनुहुँदै। तस्बिर : रत्न श्रेष्ठ/रासस

काठमाडौं, २७ असार : नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको विश्वासको मतको विपक्षमा मतदान गर्न ‘ह्विप’ जारी गरेको छ । कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले बैठकमा अनिवार्य उपस्थित भई विपक्षमा मतदान गर्न ह्विप जारी गर्नुभएको हो । यसअघि हिजो नेकपा एमालेले पनि प्रधानमन्त्री प्रचण्डको विश्वासको मतको विपक्षमा मतदान गर्न ह्विप जारी गरेको थियो ।

एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले भोलि प्रतिनिधि सभामा विश्वासको मत लिँदै हुनुहुन्छ । उहाँले यो कार्यकालको १८ महिनामा ५ औँ पटक विश्वासको मत लिन लाग्नुभएको हो । २०७९ सालको मङ्सिर ४ गते सम्पन्न प्रतिनिधि सभाको चुनावपछि संसद्‍मा तेस्रो ठूलो दल बनेको नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्ड २०७९ साल पुस ११ गते तेस्रो कार्यकालका लागि प्रधानमन्त्रीमा नियुक्त हुनुभएको थियो । प्रधानमन्त्रीमा नियुक्त भएको १५ दिनपछि विश्वासकाे मत लिँदा उहाँले २ सय ६८ जनाको मत प्राप्त गर्नुभएको थियो ।

एमालेलगायतका दलले समर्थन फिर्ता लिएपछि २०७९ साल चैत ६ गते दोस्रोपटक विश्वासको मत लिँदा उहाँले १ सय ७२ मत प्राप्त गर्नुभयो । यस्तै २०८० साल फागुन ३० गते कांग्रेससँगको गठबन्धन तोडेर एमालेसहितको गठबन्धन बनाएपछि तेस्रोपटक विश्वासको मत लिँदा प्रचण्डले १ सय ५७ मत प्राप्त गर्नुभएको थियो ।

त्यस्तै जनता समाजवादी पार्टी नेपालले समर्थन फिर्ता लिएपछि गएको जेठ ७ गते विश्वासको मत लिँदा उहाँले १ सय ५७ मत प्राप्त गर्नुभयो । यस पटक भने प्रधानमन्त्री प्रचण्डले विश्वासको मत पाउने सम्भावना नरहेको दलहरू बताउँछन् । विश्वासको मत नपाएमा उहाँ स्वतः पदमुक्त हुनुहुने छ । त्यसपछि एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्ने कांग्रेस र एमालेबीच सहमति भएको छ ।

संबन्धित शिर्षकहरु

आज सुनचाँदीको भाउ बढ्यो

वर्षा, हावाहुरी र चट्याङको जोखिम रहेकाले सावधानी अपनाउन प्राधिकरणको आग्रह

शान्ति प्रक्रियामा महिलाको अर्थपूर्ण सहभागिता अनिवार्यः संयुक्त राष्ट्रसंघ महासचिव गुटेरेस