सङ्घीय संसदअन्तर्गत आज तीनवटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं, २ साउन : सङ्घीय संसदअन्तर्गत आज तीनवटा संसदीय समितिको बैठक बस्दैछ । महिला तथा सामाजिक मामिला र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बुधबार बिहान ११ बजे समितिको सभा कक्षमा बस्ने सङ्घीय संसद सचिवालयले जनाएको छ ।

महिला समितिमा राज्यको मूल प्रवाहमा मधेशी समुदायको समावेशिताको अवस्था र यस सम्बन्धमा आयोगले खेल्दै आएको भूमिकाका विषयमा छलफल गरिने सम्भावित कार्यसूची छ । यस्तै शिक्षा समितिमा विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमाथि संशोधनकर्तासँग छलफल गरिने सम्भावित कार्यसूची रहेको छ ।

यसैगरी सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बिहान साढे ११ बजे बस्ने भएको छ । बैठकमा समितिको कार्य प्रभावकारिताका लागि उपसमिति गठनका विषयमा छलफल गरिने जनाइएको छ ।

संबन्धित शिर्षकहरु

चितवनको धारापानीमा बस, ट्रक र माइक्रोबस ठोक्किँदा ११ जना घाइते

बंगालको खाडीमा विकसित ‘अर्णव’ चक्रवातको प्रभाव भोलि रातिदेखि पर्ने

इजरायल र अमेरिकाको चुनावले विश्व अर्थतन्त्रमा प्रभाव पार्न सक्ने