सङ्घीय संसदअन्तर्गत आज तीनवटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं, २ साउन : सङ्घीय संसदअन्तर्गत आज तीनवटा संसदीय समितिको बैठक बस्दैछ । महिला तथा सामाजिक मामिला र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बुधबार बिहान ११ बजे समितिको सभा कक्षमा बस्ने सङ्घीय संसद सचिवालयले जनाएको छ ।

महिला समितिमा राज्यको मूल प्रवाहमा मधेशी समुदायको समावेशिताको अवस्था र यस सम्बन्धमा आयोगले खेल्दै आएको भूमिकाका विषयमा छलफल गरिने सम्भावित कार्यसूची छ । यस्तै शिक्षा समितिमा विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमाथि संशोधनकर्तासँग छलफल गरिने सम्भावित कार्यसूची रहेको छ ।

यसैगरी सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बिहान साढे ११ बजे बस्ने भएको छ । बैठकमा समितिको कार्य प्रभावकारिताका लागि उपसमिति गठनका विषयमा छलफल गरिने जनाइएको छ ।

संबन्धित शिर्षकहरु

भूकम्पपछि भेनेजुएलामा मानवीय सङ्कट गहिरिँदै गएको राष्ट्रसंघको भनाइ

अल्जेरियालाई हराउँदै स्विट्जरल्यान्ड विश्वकपको अन्तिम १६ मा

क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा