कोशी, बागमती र गण्डकी प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना

काठमाडौं, २३ भदौ : आज कोशी, बागमती र गण्डकी प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाकाअनुसार अहिले देशभर मनसुनी वायुको प्रभाव छ । गण्डकी र कर्णाली प्रदेशका एक/दुई ठाउँमा अहिले हल्का पानी परिरहेको छ । आज दिउँसो देशभर मौसम आंशिकदेखि साधरणतया बदली रहनेछ ।

कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँ तथा मधेस, बागमती र गण्डकी प्रदेशका थोरै ठाउँमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

ती क्षेत्रमा गेग्रान बहाव, बाढी, पहिरोको जोखिम रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । आज राति कोशी प्रदेशको केही ठाउँ तथा बाँकी प्रदेशका पहाडी भागका थोरै ठाउँ र लुम्बिनी प्रदेशको तराई क्षेत्रका एक/दुई ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

संबन्धित शिर्षकहरु

अल्जेरियालाई हराउँदै स्विट्जरल्यान्ड विश्वकपको अन्तिम १६ मा

क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा

आज पनि सुनचाँदीको भाउ घट्यो