स्पेनिस ला लिगा स : तीनै खेल बराबरीमा रोकिए

काठमाडौं, २ असार :
स्पेनिस ला लिगा फुटबलमा गएराति भएका तीन वटै खेल बराबरीमा टुंगिएका छन् । रियल सोसिडाड र ओसासुनाबीच भएको खेल एक–एक गोलको बराबरीमा सकियो ।

ओसासुनाका लागि एड्रियन लोपेजले पेनाल्टीमार्फत् गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । ६१ औं मिनेटमा माइकेल ओयरजाबालाले गोल गर्दै खेल बराबरी गरे। त्यसपछि दुवै टिमले गोल गर्न नसकेपछि अंक बाँड्न बाध्य भए। गएराति नै भएको अर्को खेलमा लेभान्टे र सेभिल्लाले पनि एक एक गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।

सेभिल्लाका लुक डी जोङले ४६ औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिएका थिए । ८७ औं मिनेटमा सेभिल्लाकै डिएगो कार्लोसको आत्मघाती गोल उपहार पाएपछि लेभान्टे हारबाट जोगियो । आज विहान सकिएको अर्को खेलमा रियल बेटिस र ग्रानाडाले २–२ गोलको बराबरी खेलेका छन् ।

ग्रानाडाका कार्लोस फर्नान्डेज र रोबर्टो सोलडाडो तथा रियलका लागि सर्जियो कानालेस र क्रिस्टियन टेलोले गोल गरेका थिए। प्रतियोगिता अन्तर्गत आज गेटाफे र स्पानेयल तथा भिल्लारियल र मालोर्काबीच प्रतिष्पर्धा हुनेछ।

संबन्धित शिर्षकहरु

अमेरिकी राष्ट्रपति ट्रम्प र भारतीय प्रधानमन्त्री मोदीबीच द्विपक्षीय व्यापार बढाउनेबारे छलफल

अमेरिकी डलरको भाउ आज स्थिर

नेपाल सुपर लिग (एनएसएल) तेस्रो संस्करणमा सात टोली सहभागी हुने