शेयर बजार साढे ११ अङ्कले बढ्यो, पाँच अर्ब नौ करोड रुपैयाँको कारोबार

काठमाडौं, ६ असोज : हप्ताको पहिलो दिन शेयर बजार साढे ११ अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ११ दशमलव ५८ अङ्कल बढेर दुई हजार पाँच सय ८८ दशमलव ३५ विन्दुमा पुगेको छ । आज फाइनान्स, होटल, उत्पादन, लघुवित्त र म्युचुअल फन्डबाहेक अरु समूहको शेयर सामान्य बढेको छ ।

इर्स्टन पावर, आत्मनिर्भर लघुवित्त र सुपर स्यांगे हाइड्रोपावर कम्पनीको शेयर १० प्रतिशतले उकालो लागेको छ । आज सबैभन्दा धेरै रावा इनर्जीको शेयर झन्डै नौ प्रतिशतले ओरालो लागेको छ । एक करोड २४ लाख ८५ हजार कित्ता शेयर पाँच अर्ब नौ करोड २९ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै सीईडीबी हाइड्रोपावर विकास कम्पनीको २७ करोड ८० लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

संबन्धित शिर्षकहरु

अल्जेरियालाई हराउँदै स्विट्जरल्यान्ड विश्वकपको अन्तिम १६ मा

क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा

आज पनि सुनचाँदीको भाउ घट्यो