कांग्रेसले बाढी पीडितका लागि सरकारलाई ५० लाख रुपैयाँ सहयोग गर्ने

काठमाडौं, १३ असोज : सत्तारूढ दल नेपाली कांग्रेसले बाढी पीडितका लागि सरकारलाई ५० लाख रुपैयाँ सहयोग गर्ने भएको छ । सभापति शेरबहादुर देउवाको निवासमा आज बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले वर्षाका कारण धेरै ठूलो जनधनको क्षति भएको र पीडितको राहत एवम् उद्धारका लागि ५० लाख रुपैयाँ विपद् राहत कोषमा जम्मा गर्ने निर्णय गरेको प्रवक्ता प्रकाशशरण महतले बताउनुभयो ।

उहाँले ५० लाख रुपैयाँ सहयोग गर्न कांग्रेस सांसदहरूले १५ दिनको तलब उपलब्ध गराउने पनि निर्णय भएको बताउनुभयो । प्रवक्ता महतले विपद्जन्य घटनाप्रति दुःख व्यक्त गर्दै बेपत्ता भएकाहरूको खोजी तीव्र गर्न र घाइतेको निःशुल्क उपचार चाँडोभन्दा चाँडो गर्न पनि सरकारसँग आग्रह गरेको छ ।

संबन्धित शिर्षकहरु

आज सुनचाँदीको भाउ बढ्यो

वर्षा, हावाहुरी र चट्याङको जोखिम रहेकाले सावधानी अपनाउन प्राधिकरणको आग्रह

शान्ति प्रक्रियामा महिलाको अर्थपूर्ण सहभागिता अनिवार्यः संयुक्त राष्ट्रसंघ महासचिव गुटेरेस